पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान ! राष्ट्र निर्माता पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाह तथा कैयौं सपुतहरुले पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मको हिमवतखण्डका लगभग ५४ हिन्दु राज्यहरु एकीकरण गराइ संसारको एक मात्र हिन्दु अधिराज्य स्थापित गराए । राजसंस्थाको संरक्षणमा बाँचेको हो, सार्वभौम नेपाल र यो हिन्दु अधिराज्य ।
‘बडामहाराज पृथ्वीले बिसे नगर्चीको सल्लाहमा गोर्खा राज्यको १२ हजार घरधुरीबाट एक रुपैयाँको दरले १२ हजार संकलन गरि राजगुरु हर्ष मिश्रलाई अघि लगाइ काशी र लखनउबाट ल्याइएका ३ वीर मुसलमानहरु सम्बन्धमा आफ्नो दिव्योपदेशमा जिकिर गर्दै भनेका छन्, “लखनउबाट तीन मुसलमान मेरो चाकरलाई नुवाकोटमा पिछा गरी आएका थिया … ईनै बन्दुकको तुल कलायेत तिनै मुसलमानले जान्याको रहेछ र शेष जरवर ममतकी भेषासी तिनै जनालाई अजिटनी दियां र तिलंगा सधायाको हो ।”
विसं १८०१ जेठ महिना तीर ल्याइएका यी मुसलमानहरु हतियार चलाउन, हतियार बनाउन र प्रशिक्षक भइ तालिम दिन समेत सिपालु थिए ! यसैबेला गोर्खाली सेनामा बन्दुक र बारुद पनि भित्रिएको हो । ती मुसलमान समुदायका शेख जरबार, महम्मुद ताकी र भेशासिंहलाई गोर्खाली सेनाको माथिल्लो पद एड्जुटेन्ट दिएको थियो ( प्रेम सिंह बस्न्यात)! विसं १८०१ असोज १४ गते शनिबार नुवाकोटमाथि आक्रमण गरि १५ गते आइतबारदेखि अधिपत्य कायम गरे ! गोर्खालीहरुको विजय हमलामा ती मुसलमानहरुले युद्ध समेत लडेका थिए ।
पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानमा उनका प्रमुख राजनीतिक सल्लाहकार ज्योतिष श्री कुलानन्द ढकाल तथा थर थाहा नभएका भानु जैसी पनि हुन् । उनको जन्म विसं १७७४ / ७५ तीर गोरखाको बोर्लांग तीरै भएको थियो । ज्योतिषीय तथा राजनीतिक सल्लाह निभाउन खप्पिस यी दुवै ज्योतिषहरु पृथ्वी नारायण शाह पहिली रानी लिन मकवानपुर जाँदासँगै गएका थिए ! मकवानपुर-८ चन्द्रागिरी दहचोक हुँदै फर्किंदा उनीहरु दुबैले नेपाल खाल्डो देखाउँदै पृथ्वीलाई एकिकरणका लागि उत्प्रेरित गरेको कुरो उनकै दिब्योपदेशमा वर्णित भेटिन्छ ।
नेपालको अस्तित्व एकमात्र हिन्दु राजसंस्था र विश्वको एक हिन्दुअधिराज्य भएर नै हो । विश्वमा नेपालको महानता, विश्वको अग्लो चुचुरा सगरमाथा, पशुपतिनाथ, जानकीधाम, बुद्धको जन्मभूमि, मुक्तिनाथ भएर मात्र होइन । संसारको एकमात्र हिन्दु राजसंस्था र विश्वको एक हिन्दुअधिराज्य भएर नै हो । हिन्दु राजा यो भूमिको रक्षक हुन् ।
गणतन्त्र, धर्मनिरपेक्ष र संघीयताका बुँदाहरु विदेशीले भारी बोकाएको हो । नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता कहिले पनि टिक्न सक्दैन । अतः नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्रबीचमा समझदारी राखेर नेपालको अस्तित्व बचाउन भारतलगायत विश्वका हिन्दुहरुको प्रतिष्ठाको रुपमा स्थापित संसारको एक मात्र हिन्दु अधिराज्य र राजसंस्था, चन्द्र र सूर्यको झण्डा फहराएर, युगयुगान्तरसम्म अटल रहनुपर्छ ।
दीर्घराज प्रसाईं
प्रतिक्रिया