Logo

३ कम्पनीहरुको शेयर कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन



कम्पनीको वित्तीय विवरण प्रकाशीत नगरि लगानीकर्ताहरुलाई अन्योलमा राख्ने ३ हाइड्रो पावर कम्पनीहरुको शेयर कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन परेको छ ।
 
लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको शेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार बोर्डमा निवेदन दिएका हुन् ।
 
यी कम्पनीहरुले आफ्नो वित्तिय विवरण नै प्रकाशित नगरि दोश्रो बजारका लगानीकर्ताहरुलाई अन्योलमा पारेको आरोप निवेदनमा लगाइएको छ । खानीखोलाले ०७६ पुस यता कुनै विवरण प्रकाशन नगरेको, जोशी र हिमाल दोलखाले पनि आम लगानीकर्ताले हेर्न पाउनेगरी कुनै विवरण निष्काशन नगरेको आरोप छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।