Logo

सूचना र प्रबिधि

आइएमइ पे मार्फत मोबाइल टप–अप गर्ने एक जनालाई वान प्लस मोबाइल



आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गर्ने भएको छ । 

‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेका अवसरमा कम्पनीले ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गर्ने भएको हो । यो योजना आजैबाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुनेछ ।

एप डाउनलोड गरेर आफैँ वा एजेण्टको सहयोगमा आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनीको दाबी छ । 
कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताए  । आमसेग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जाने ढकालले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ०३ बजे