Logo

लेखनाथ पत्रकार मञ्चलाई लायन्सको सहयोग



लेखनाथ : लेखनाथ पत्रकार मञ्चलाई लायन्स क्लवले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लव अफ पोखरा उन्नती चौतारीले संयुक्त रुपमा लेखनाथ पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुलाई फिल्डमा हिंड्दा सुरक्षित हुनका लागी माक्स र सेनीटाईजर सहयोग गरेको वताएका छन् ।

सिर्जना चौतारीका अध्यक्ष राजु वरालले परिवर्तनका लागी हिंड्ने सञ्चारकर्मीलाई सहयोग गर्न पाउँदा खुशी लागेको वताएका छन् । त्यसै गरी लायन्स क्लव अफ पोखरा उन्नती चौतारीका अध्यक्ष रामचन्द्र सेडाईले आगामी दिनहरुमा समेत लायन्स क्लवले सहयोग गर्दै जाने वताएका छन् ।

सहयोग सामाग्री ग्रहण गर्दै लेखनाथ पत्रकार मञ्चमा सचिव विष्णुहरि पौडेल र सस्थाका सल्लाहकार सन्दिप पौेडेलले धन्यवाद ज्ञापन गरेका थिए । मञ्चमा हाल ४० जना वढी क्रियाशिल पत्रकार आवद्ध रहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार २०:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।