Logo

राजनीति

सुदूरपश्चिमको बजेट अधिवेशन भाेलिबाट



सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि आह्वानका लागि सिफारिस गरिएकाे छ।

अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।  

कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

‍बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोकेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।