Logo

कोशी प्रदेश

झापामा टाउको छिनाएर युवाको विभत्स हत्या



झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बिभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ । आज बिहान फेला परेका शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ । सङ्घीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताए । उनको शव पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  ५ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।