Logo

आजको तस्बिर

शव जलाएको धुवाँको मुस्लोले छोपियो पशुपति (फोटो फिचर)



दर्शनार्थीहरुको लागि यतिबेला को मन्दिर बन्द छ । तर यस क्षेत्रमा मानिसहरुको चहलपहल सँधै हुने गर्छ । पछिल्लो समय यस क्षेत्रमा हुने चहलपहल कहिले पशुपतिको दर्शन गर्न पाइएला भनेर नभइ आफन्तको निधन भएपछि अन्तिम संस्कार गर्नको लागि हो ।

कोरोना महामारीको कारण मानिसहरुको मृत्यु बढेपछि पशुपति क्षेत्रमा शवदाह गर्नको लागि पनि पालो पर्खिनु पर्ने स्थिति सिर्जना भएको छ । संक्रमणको कारण ज्यान गुमाउनेहरुको शव सेनाले आफन्तलाई छुन र हेर्न दिँदैन । अन्तिम संस्कार गर्न दिने त कुरै भएन । तर पीपीईभित्र पोको पारिएको शवमाथि टाढैबाट फूल फ्याँक्न भए पनि आफन्तहरु पशुपतिमा पुग्ने गर्छन् ।

करिब डेढ महिना लामो निषेधाज्ञाले गर्दा सवारीसाधन गुडेका छैनन् । सडकका कतै पनि मानिसहरुको चहलपहल छैन । जसले गर्दा उपत्यकाका सबै ठाउँ सफा देखिन्छन् । तर पशुपतिनाथलाई धुवाँको मुस्लोले ढाकिरहेको हुन्छ । त्यो मुस्लो तीनै संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउँदाको धुवाँको हो ।

हेरौं अमित पलले खिचेका केही तस्बिरहरु  :

Pashupatinath 4.jpgPashupatinath 3.jpgPashupatinath 1.jpgPashupatinath 2.jpgPashupatinath 5.jpgPashupatinath 6.jpgPashupatinath.jpgPashupatinath 7.jpgPashupatinath 8.jpg

 

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  १ : ५६ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।