Logo

अर्थ

१ लाख नगद जिते डिशहोमको रिचार्ज गर्ने एकजनाले



काठमाडौं । १ वर्षको रिचार्ज गर्दा डिशहोमका एक ग्राहकले एक लाख रुपैयाँ नगद जितेका छन् । डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने योजना ल्याएको थियो । 

यसै योजनाअन्तर्गत वैशाख १९ गरिएको लक्की ड्रमा क्यास आईडी 02564033775 भएका एक ग्राहकले एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ । 

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइ कहाँ गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । 

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १२:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।