बाँके । नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन बिस्फोट हुँदा एक मजदुरको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।
नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको भएका छन् । उनीहरूको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसनु्धान थालेको जनाएको छ ।















प्रतिक्रिया