Logo

प्रवास

टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा



कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आउनुभएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आउनुभएको छ ।

उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गरे । कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आउनुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिए ।

उनका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । दुईदिने पोखरा बसाइका क्रममा उनले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ । विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

उनले भने “टर्की र मथ्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि उनको पर्यटन उकालो लाग्दै आएकोे अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रवद्र्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौँ ।”टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिफिल्म ‘अर्तुग्रुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गर्नुभएको छ । सोही चलचित्रमार्फत उनी विश्वभर चर्चित भएको हो । सो चलचित्र विश्वका धेरै भाषामा अनुवाद गरिएक

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १५:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।