Logo

कर्पोरेट फोकस

एनआईशी एशिया बैंकको दावी– अवार्ड खरिद गरिएको होइन



काठमाडौं । एनआईशी एशिया बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले ५० लाख रुपैयाँमा अवार्ड खरिद गरेको समाचारमा कुनै सत्यता नरहेको दावी गरेको छ । अनलाइनपाना डटकममा प्रकाशित भएको उक्त समाचारको खण्डन छापिदिन आग्रह गर्दै एनआईशी एशिया बैंकले समाचार सही नभएको दावी गरेको हो ।

अनलाइनपाना डटकममा २०७८ साल चैत्र गते २७ आईतबार एन आई सी एशियाका सीइओ न्यौपाने : ५० लाखमा अवार्ड खरिद, प्रचारमा “स्टण्ड शिर्षकमा समाचार प्रकाशति भएको थियो ।

एनआईशी एशिया बैंकले अनलाइन पाना डटकममा २०७६ साल मंसिर ११ बुधबार प्रकाशित “गोवर गणेश सीइओलाई सरकारको पदक”, “एन आई सी एशिया बैंकका सीईओ न्यौपाने तथा सरोज भट्टराई कनेक्सन, सर्वसाधरणको पैसामा मनपरी” तथा हालै मिति २०७९ साल बैशाख ११ गते आइतबार “सीईओको बुवालाई पदक दिलाउन एन आई सी एशिया बैंकको सेटिङ्ग’ शिर्षकमा प्रकाशित समाचार समेत गलत भएको भन्दै खण्डन छापिदिन अनुरोध गरेको छ ।

बैंकले लेखेको पत्र जस्ताको तस्तै :

श्री सम्पादकज्यू,
अनलाईनपाना न्यूज पोर्टल,
अनामनगर, काठमाडौं ।

                                                                                                                                                विषय : खण्डन सम्बन्धमा

उपर्युक्त सम्बन्धमा तहाँ अनलाईनपाना न्यूज पोर्टलले “एन आई सी एशियाका सीइओ न्यौपाने : ५० लाखमा अवार्ड खरिद, प्रचारमा “स्टण्ड“”, “गोवर गणेश सीइओलाई सरकारको पदक…..”, “एन आई सी एशिया बैंकका सीईओ न्यौपाने तथा सरोज भट्टराई कनेक्सन, सर्वसाधरणको पैसामा मनपरी” तथा हालै मिति २०७९ साल बैशाख ११ गते आइतबार “सीईओको बुवालाई पदक दिलाउन एन आई सी एशिया बैंकको सेटिङ्ग” जस्ता शीर्षकहरुमा अनलाईनपाना डट कम (www.onlinepana.com) मा पटक पटक झुठ्ठा समाचारहरु प्रकाशित गरेको तथा उक्त समाचारहरु भ्रामक, झुठ्ठा तथा कपोकल्पित भएको र यस्ता झुठ्ठा समाचारले एन आई सी एशिया बैंक, यसका प्रमुख कार्यकारी अधिकृत र वहाँको बुवा समेतको मान, सम्मान, इज्जत र प्रतिष्ठामा आँच आउने कार्य भएको उक्त झुठ्ठा समाचारहरुले बैंक र प्रमुख कार्यकारी अधिकृत समेतको संस्थागत तथा मानवीय संबेदनामा गहिरो चोट पुर्याउने कार्य गरेकोले उक्त समाचारहरु झुठ्ठा भएको भनी यथासिघ्र खण्डन प्रकाशित गरी दिनु हुन अनुरोध छ ।

बोधार्थ
१. प्रेस काउन्सिल नेपाल
भवदीय,
कानून विभाग

याे पनि पढ्नुभयो ?

एनआईशी एशिया बैंकका सीईओ न्यौपाने र सरोज भट्टराई कनेक्सन, सर्वसाधारणको पैसामा मनपरी

सीईओको बुवालाई पदक दिलाउन एनआईसी एशिया बैंकको ‘सेटिङ’

एनआईशी एशियाका सीईओ न्यौपाने : ५० लाखमा अवार्ड खरिद, प्रचारमा ‘स्टण्ड’

‘गोबर गणेश’ सीईओलाई सरकारको पदक !

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार २०:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।