नबिल बैंकको कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त हुने भएका छन् । ढुंगाना नेपाल बंगलादेश बैंकको पूर्वकार्यकारी अधिकृत (सीईओ) हुन् ।
आगामी ७ असारमा हालका सीईओ अनिल केशरी शाहको पदावधि सकिँदैछ । शाहको ठाउँमा ढुंगानालाई नियुक्त गर्ने तयारी गरेको बैंकको विश्वस्त श्रोतले जानकारी दिएको छ । शाह ७ असार २०७५ मा ४ वर्षका लागि प्रमुख कार्यकारीको रूपमा नियुक्त भएका थिए ।
नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी)लाई आफूमा गाभ्न गत २९ फागुनमा सैद्धान्तिक सहमति प्रदान गरेको थियो । सैद्धान्तिक सहमति भएसँगै दुई बैंकबीच बिहीबार प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रारम्भिक सम्झौता भएकाे छ ।
सम्झाैतापत्रमा नबिलका तर्फबाट सञ्चालक तथा मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेशका तर्फबाट सञ्चालक तथा सदस्य इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । एक्विजिसनको काम पाँच महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत २९ पुसमा प्रारम्भिक सम्झौता गरेको थियो ।
यस एक्विजिसनपश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २ सय ४१ र एटीएम संख्या २ सय ९२ पुग्नेछ ।





















प्रतिक्रिया