Logo

कर्पोरेट फोकस

एनएमबी बैंक र केयूकेएलबीच सम्झौता, बिना झन्झट महसुल भुक्तानी गर्न सकिने



काठमाण्डौ । एनएमबी बैंकले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरी अब एनएमबी बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबी बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।