Logo

राजनीति

जेठ ३ यता फर्किदा अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ? डा बाबुराम भट्टराई



प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ गतेकै संरचनामा फर्काउने गरी माधवकुमार नेपाल पक्षलाई प्रस्ताव गरेपछि विभिन्न प्रतिकृयाहरु आई रहेका छन् । नेपाल पक्षका केही नेताहरुले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् भने धेरै जसोले यसलाई ओलीको कपटपूर्ण षड्यन्त्रका रुपमा बुझेका छन् । 

समानान्तर पार्टी गतिविधि संचालन गरिरहेका ओली र नेपाल पक्षका नेता मात्र होईन, उनीहरुको विवादको गतिविधिमा अरु दलहरुको समेत चासो रहेको छ । यस्तै बेलामा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि आफ्नो प्रतिकृया दिएका छन् ।

एमालेका नेताहरुसँग जिज्ञासापूर्ण प्रश्न गर्दै डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । ‘एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’

Baburam Bhattarai.JPG

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ७ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।