Logo

राजनीति

एमाले सुदूरपश्चिममा लफडा : खड्कालाई प्रमुख सचेतकबाट हटाएर दुर्गालाई जिम्मेवारी



नेकपा एमाले सुदूरपश्चिमले लालबहादुर खड्कालाई प्रमुख सचेतकबाट हटाइएर दुर्गाकुमारी विकलाई जिम्मेवारी दिएकाे छ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

यसअघि एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो। तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतक समेत रहेकी विकलाई प्रमुख सचेतकको काम कारबाही हेर्ने गरी जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ।

तामाङलाई प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यबाट पनि हटाइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।