पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २५ जनाकाे मृत्यु भएको छ।
रेडियो पाकिस्तानका अनुसार साेमबार बिहान सिन्ध प्रान्त नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा जाँदै थियो भने सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराचीका लागि छुटेको थियो। दुर्घटनापछि यो ट्रयाकमा आवतजावत रोकिएको छ।





















प्रतिक्रिया