काठमाडौं । साउदी अरब पुगेका ९७ नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई रकम दिएर रोजगारीका लागि अरब पुगेका युवा अलपत्र परेका हुन् ।
काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत चार महिनाअघि उनीहरू साउदी पुगेका थिए । अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि चार महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् ।
ब्लु ग्यालेक्सीले पठाएको १४५ जना मध्य केहीलाई काम दिएको, १९ जनालाई नेपाल फर्काएको र बाँकी ९७ जनालाई साउदीको जेद्धास्थित एक होटलमा भेडाबाख्रा जसरी थुनेर राखेको पीडितहरूले बताएका छन् ।
प्रतिक्रिया