नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले लगानीका अरु क्षेत्रहरुमा आएको संकुचनले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण बढेको बताएका छन् । बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमममा बोर्डका अध्यक्ष ढुङ्गानाले लगानीकर्ताको संख्या समेत उल्लेख्य रुपमा बढेका कारण दोस्रो बजारको वृद्धि र आकार इतिहासकै उच्च अवस्थामा पुगेको बताए ।
बजारमा हुने कारोबारको आकार बढ्दा अहिले सरकारलाई महिना दिनमा एक अर्बको राजश्व उठ्ने अवस्था देखिएको बताए । विगत वर्षहरुमा वर्ष दिनमा मात्र एक अर्ब राजश्व राज्यको खातामा आउने गरेको थियो ।
प्राथमिक बजारमा पनि कोरोना कहरको सुरुवात हुने समयदेखि अधिक आकर्षण बढेको बताएका उनले इतिहासमा नै पहिलो पटक सबैभन्दा धेरै रकमको प्राथमिक निष्काशन यही अवधिमा भएको बताए ।
बजारको बिस्तारका लागि नयाँ धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराइने बताएका ढुङ्गानाले नेप्से र सिडिएससीको संरचना परिमार्जन गर्दै राफसाफ कोष सञ्चालनमा ल्याइने बताए । आगामी आर्थिक वर्षदेखि वस्तु विनिमय बजार सञ्चालन गरिने उनले जानकारी दिए















प्रतिक्रिया