Logo

तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ 



काठमाडौं : बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका-२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।