सप्तरी : कञ्चनरुप नगरपालिका-३ बस्ने ५० वर्षीय सतो खंग खत्वेको सोही नगरपालिका-११ गोरपरस्थित नरिवलको रुखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।
नरिवल टिप्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया