Logo

मंगलबारको बुल, ‘शेयर बजार अलटाइम हाईमा नाच्दै’



अहिले बजार बुल रनमा रहेको छ । यानिकि बजारको बढ्दो प्रविति रहेको छ ।  शेयर बजारले आजकाल दिनाहुँ आफ्नो पुरानो रेकर्ड तोड्दै नयाँ नयाँ उचाइ चुमिरहेको छ । त्यस्तै मंगलबार पनि शेयरबजारले अर्धशतक बनाएको छ । 

मंगलबार एकैदिन शेयर बजार परिसूचक नेप्से ५३.४४ अंकले बढेर २९६०.१४ अंकको अल टाईम आइृ विन्दुमा बन्द भएको छ । एक प्रतिशत भन्दा धेरैले बढेको बजारमा शेयरबजारका सम्पूर्ण परिसूचकहरु १ प्रतिशत भन्दा धेरैले बढेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १.४३ प्रतिशतले उकालो लाग्दै ५२८.११ अंकको विन्दुमा बन्द भएको छ । 
मंगलबार २ सय १८ कम्पनीको १ लाख ४९ हजार ७०८ पटकको व्यापारमा ३ करोड ५७ लाख ४२४ कित्ता शेयरको खरिदविक्री हुँदा १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको छ । 

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको ३ हजार ८८१ पटकको व्यापारमा १ अर्ब ६ करोड ६४ लाख ६४ हजार ७२१ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा रसुवागढी हाइड्रोको ४७ करोड ८२ लाख ९२ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अर्धशतकले बढेको बजारमा ३६ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । घटेर कारोबार हुनेमा मेरो माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक २.८५ प्रतिशतले घटेको छ । 

मंगलबार १३ समूहको कारोबार भएकोमा ३ वटा समूहको परिसूचक घट्दा बाँकी १० समूहको परिसूचक बढेको छ । विकाश बैंक समूहको परिसूचक ९.०४ प्रतिशतले बढ्दा वित्त समूहको परिसूचक ८.७१ प्रतिशतले बढेको छ । 

मंगलबार बजार बन्द हुँदा नेप्सेको बजार पुँजीकरण ४१ खर्ब ९ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ रुपैयाँ ५ पैसा कायम भएको छ । 

१.८४ प्रतिशतले बढेको बजारमा एक सय २३ कम्पनीको शेयर मूल्य बढ्दा ५२ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १५:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।