Logo

आजको तस्बिर

कोभिडको खोप लगाउन भिड (फोटो फिचर)



काठमाडौं महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । मंगलबार बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा केन्द्र बनाएर सुरु गरिएको हो ।

६४ वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप पनि लगाए । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ । यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो ।

Khop13.jpg

जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए । प्रत्येक वडामा एउटा खोप केन्द्रको व्यवस्था गरिएको छ । वडा नं १ मा नन्दी रात्रि स्कुल नक्साल, २ मा वडा कार्यालय लाजिम्पाट, ३ मा वडा कार्यालय महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, ४ मा वडा कार्यालय बालुवाटार, ५ मा वडा कार्यालय हाँडीगाउँ, ६ मा महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय बौद्ध, ७ मा वडा कार्यालय मित्रपार्क चावहिल, ८ मा गोल्डेन लाइट पार्टी प्यालेस जय बागेश्वरी, ९ मा अनुपम फुडल्याण्ड बत्तीसपुतली, १० मा म्याक डोनाल्ड पार्टी प्यालेस मध्यबानेश्वर, ११ मा विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर, १२ मा बुद्ध माई अस्पताल टेकु रहेका छन् । त्यसैगरी वडा नं १३ मा जनप्रभात माध्यमिक विद्यालय कालीमाटी, १४ मा वडा कार्यालय भुवनेश्वरी कलङ्की, १५ मा भुइँखेल चौर स्वयम्भू, १६ मा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, १७ मा पब्लिक युथ क्याम्पस धोवीचौर, १८ मा पुष्पलाल पार्क, १९ मा वडा कार्यालय परिसर, २० मा शान्ति निकुञ्ज माध्यमिक विद्यालय, २१ मा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, २२ मा वडा कार्यालय टेवहाल, २३ मा नव आदर्श विद्यालय वसन्तपुर, २४ मा इतुमबहाल, तारणीबहाल, २५ मा कन्या मन्दिर माध्यमिक विद्यालय छत्रपाटी, २६ मा वडा कार्यालय परिसर २७ मा महाबौद्ध चोक, २८ मा कार्यालय परिसर, २९ मा विजय स्मारक माध्यमिक विद्यालय, ३० मा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ३१ मा इपियस स्कूल, मीनभवन, र वडा नं ३२ मा वडा कार्यालय परिसर तयार गरिएको छ ।

तोकिएका खोप केन्द्रबारे थप जानकारी आवश्यक परे हटलाइन नम्बर ११८० मा फोन गर्न पनि आग्रह गरिएको छ । खोप कार्यक्रम आगामी २९ गतेसम्म सञ्चालन हुनेछ ।

 

Khop10.jpg

Khop.jpg

Khop 9.jpg

Khop 11.jpg

Khop 7.jpg

Khop 8.jpg

Khop 5.jpg

Khop 6.jpg

Khop 3.jpg

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।