Logo

राजनीति

कांग्रेस नेता भण्डारी सुदूरपश्चिमका अस्पतालमा नि:शुल्क अक्सिजन वितरण अभियानमा



कांग्रेस युवा नेता क्षितिज भण्डारी सुदूरपश्चिमका अस्पतालमा नि:शुल्क अक्सिजन वितरण अभियानमा लागेका छन्।  उनी  हरिप्रिया फाउन्डेसनको अभियान अन्तर्गत संक्रमितको घर र अस्पतालमा निशुल्क अक्सिजन सिलेण्डर रिफिलिङमा लागेका हुन्।

कोरोना संक्रमणबाट नागरिककाे जीवन रक्षाका लागि सुदूरपश्चिम प्रदेशमा १८०० निशुल्क अक्सिजन सिलिन्डेर रिफिलिङ र नयाँ,पुरानाे खरिद गरी वितरण गरिने सम्झौता अनुसार मालाखेती अस्पताल, पदमा अस्पताल, सेवा अस्पताल र सामुदायिक अस्पताल सहित घर र विभिन्न अस्पतालमा १७० सिलिण्डर फाउन्डेसन मार्फत पठाइकाे अभियन्ता भुवन भट्टले बताए।

कैलाली जिल्लाको धनगढी र अत्तरियामा स्वयंसेवक देवराज ओझाको टोली मार्फत सिलेण्डर वितरण गरिएकाे छ।
राजनीतिक भेदभाव नगरिकन नागरिकलाई अक्सिजन निशुल्क रिफिलिङलगायत वितरण योजनाको १८०० अक्सिजन सिलिन्डरमध्ये १०० का दरले सुदूरपश्चिमका ८ जिल्ला  अस्पतालमा ८०० र १००० सिलेन्डर प्रदेश राजधानी कैलालीका अस्पताल र संक्रमितको घरहरुमा बितरण गरिने अभियान सुरु भएकाे फाउन्डेशनका संयाेजक भण्डारीले बताए।

प्रकाश फाउन्डेसन र सूर्य शक्ति ग्यास उद्याेगबीच सुदूरपश्चिममा निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ र नयाँ,पुरानाे खरिद गरी वितरणका लागि ६ लाख पेस्की सम्झौता रकम फाउन्डेसनका अध्यक्ष प्रकाशनारायण भण्डारी मार्फत श्याम टायलको कम्पनी  र काठमाडौंको गोकर्णेश्वर ट्रेडिङ प्रालिलाई २ लाख पेश्की रकम दिइएकाे संयाेजक भण्डारीले बताए।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ०९:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।