Logo

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १ लाख ९० हजार ६५० कित्ता शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै, विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिई लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरूलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको लघुवित्तले जनाएको छ । संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले २०७८ जेठ २४ गतेदेखि असार २७ गतेसम्म बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न कम्पनीको आग्रह छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १७:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।