Logo

सूचना/प्रविधि

ई–सेवाको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनीक 



ई–सेवा मनी ट्रान्‍सफरले ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनीक गरेको छ । नेपालीहरूको महान् पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै  ई–सेवाले ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको हो ।  यस योजनाअन्तर्गत ई–सेवा मनी ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको रिचार्ज जित्न सकिन्छ। ई–सेवा मनी ट्रान्‍सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको रिचार्ज पाइनेछ भने सिधै ई–सेवा खातामा रकम प्राप्त गर्दा ई–सेवा खातामा सय रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ। यो योजना मंसिर ६ गतेसम्म विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागू हुनेछ।  रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहको इसेवा मनी ट्रान्‍सफरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।