Logo

आजको तस्बिर

मानव चोला उडिरहेको पशुपतिको धुँवाको मुस्लो (फोटो फिचर)



सरकारले जारी गरेको निषेधाज्ञाको कारण उपत्यकाका मठ, मन्दिर र सडकहरु खाली छन् । तर पशुपतिनाथ मन्दिर भने कहिले पनि खाली भएको देखिँदैन । बरु त्यहाँ हरेक दिन मानव चोला अन्त्यका कारुणिक दृष्यहरु देखिन्छन् ।

अन्य ठाउँमा आकाश सफा देखिँदै गर्दा पशुपतिनाथ परिसरको आकाश भने हरेक दिन धुवाँको मुस्लोले ढाकेको देखिन्छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धनी गरिब वा परिचित-अपरिचित कसैको पनि अनुहार र प्रतिष्ठा नहेरी मानव चोला चुँडिरहेको छ । 

विश्वका नागरिकहरुको आकर्षणस्थल, मुलुकभरका नागरिकहरुले एक पटक जसरी पनि पुग्‍न चाहेको सपनाको तिर्थस्थल अनि उपत्यकाका नागरिकहरुको अन्तिम गन्तव्यस्थल पशुपतिमा कोरोना भाइरस फैलिएदेखि एकदिनमै २३९ जनासम्मको शवदाह गरेको तथ्यांक पशुपति क्षेत्र विकास कोषसँग छ । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार २३९ र २०४ जनासम्मको दुई दिनका तथ्यांक डरलाग्दो थियो । जसका कारणले गर्दा विद्युतीय शवदाह गृहले धान्‍न सकेन, अरुदिन शवदाह गर्ने स्थलले पनि धानेन र विकल्प खोजियो । 

पछिल्लो दिनमा भने त्यस्तो डरलाग्दो संख्यामा शवहरु आउँदैनन् । दैनिक रुपमा ४०-४५ शवहरु आउने गरेको डा. खतिवडाको भनाइ छ ।

एकपटक हेरौं अमित पलले खिचेका तस्बिरहरु :

Pashupati.jpgPashupati 10.jpgPashupati 9.jpgPashupati 8.jpgPashupati 7.jpgPashupati 6.jpgPashupati 5.jpgPashupati 4.jpgPashupati 3.jpgPashupati 2.jpgPashupati 1.jpg

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ११:०८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।