विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन ।
कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए ।
आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यवस्था गरेको छ ।
प्रतिक्रिया