पोखरा २१ फोक्सिड महबारीमा निर्माणाधिन ढलान बाटोको अनुगमनमा गएका गण्डकी प्रदेशका उप सभामुख सिर्जना शर्मालाई अचानक ढलान पाइप उछिट्टिदा खुट्टामा चोट लागेको छ । सोहि दुर्घटनामा परि बाटो उपभोक्ता समितिका अध्यक्ष गौत्तम रसाइलीको भने खुट्टा भांचिएको छ ।
प्रदेश सांसद पूर्बाधार बिकास कोषको लगानिमा निर्माणाधिन संगमचोक महबारी ढलान बाटोको अनुगमन गर्न बुधबार सोहि निर्बाचन क्षेत्रबाट प्रत्यक्ष निर्बाचित सांसद कृष्ण थापासहित उप सभामुखको टोलि संगमचोक गएको थियो । ‘ढलान गर्ने ठांउमा पुगेका मात्र के थियौं, उप सभामुख शर्माका स्वकीय सचिब प्रकाश शर्माले भने,’पाइप कसरि ,कसरि अचानक उछिट्टिएर आयो र उप(सभामुखज्यूलाई लाग्यो । ‘ घटना पछि घाइते दुबैलाई नयांबजारमा अवश्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।
‘उप सभामुखको खुट्टा भांचिएको त छैन तर भित्री चोट चांहि लागेको छ’,गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिडेन्टेन्ट डा।टुमाया घलेले भनिन्,’केहि हप्ता घरमै आराम गर्ने गरि डिस्चार्ज गरिएको छ ।’ अर्का घाइते उपभोक्ता समतिका अध्यक्ष रसाइलीको भने देब्रे खुट्टा फ्र्याक्चर भएको छ ।
सो बाटो प्रदेश सांसद पूर्बाधार बिकास कोषको १० लाख लागत सहयोगमा निर्णाधिन रहेको पोखरा वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले बताए । उनी नेकपा (एमाले) ओली खेमाकि नेता हुन् ।
प्रतिक्रिया