Logo

चिरञ्जीवीले छोडे कृतिशाको साथ 



गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् ।

सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन् । कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।

प्रेम पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।