काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संसद् भवन बानेश्वर स्थित ल्होत्से हलमा सुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरू सहभागी भएका छन् ।
प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न बोलाइएको उक्त बैठकमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष उपेन्द्र यादव, माधव कुमार नेपाल लगायतका नेताहरू उपस्थित रहेका छन् ।
सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेतलाई पत्र पठाए पनि उनी भने अनुपस्थित रहेका छन् ।

















प्रतिक्रिया