कांग्रेस निकट मानिने गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले लामासहित पक्राउ परेका तीन जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । तीनैजनाको बयानपछि जरिवाना तिराएर छाडिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएका छद्द् ।
निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको उनले जानकारी दिए । बिहीबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने दिन नै दीपक मनाङे सम्पर्कविहीन भएपछि उनी पक्राउ परेका हुन् ।
बिहीबार राति नै मनाङे सम्पर्क आएका थिए ।

















प्रतिक्रिया