Logo

एउटै पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु



धनुषा : यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा  नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार  ५ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।