Logo

समाचार

युरोकप फुटबल : क्रिश्चियन एरिक्सन खेल  मैदानमै बेहोस 



कोपनहेगनमा भइरहेको १६ औं युरोकप फुटबल अन्तर्गतको खेलमा एक खेलाडी मैदानमै बेहोस भएका छन्। डेनमार्कका खेलाडी क्रिश्चियन एरिक्सन मैदानमै बेहोस भएका हुन्। उनी बेहोस हुँदा डेनमार्क र फिनल्यान्डबीचको खेल स्थगित भएको छ।

दुई टिमबीच भइरहेको खेलमा हाप टाइमभन्दा ठिक अगाडि उनी  बेहोस भएका थिए। युएईएफले चिकित्सा आपतकाल भएको भन्दै जारी खेललाई रद्द गरेको बताएको छ ।

मैदानमै बेहोस भएका डेनिस खेलाडीलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई मैदानमै सिपिआर दिनुपरेको थियो ।

हाललाई भने गोलरहित रहेको खेललाई रद्द गरिएको युएईएफले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ०६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।