Logo

समाचार

जी सेभेनलाई चीनको चेतावनी – सानो समूहले विश्‍वलाई शासन गर्न सक्दैन 



विश्वका प्रमुख ७ बलियो अर्थतन्त्र भएको मूलुकहरु सम्मिलत जी सेभेन बैठकमा चीनसँग प्रतिस्पर्धा गर्ने रणनीतिहरु तय भए । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलत समूहले चीनसँग प्रतिस्पर्धा गर्नको लागि न्युन र मध्यम आय भएका देशहरूलाई सहयोग गर्ने योजना अपनाउँदै राम्रो पूर्वाधार निर्माण गर्न मद्दत गर्ने सहमति भयो । यससँगै सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स बीआरआईलाई चुनौती दिन ‘बिल्ड ब्याक बेटर वर्ल्ड’ बी३डब्लू योजना प्रस्तुत गरे ।  

बीआरआई अवधारणाअनुसार चीनले कयौं देशमा रेल, सडक, बन्दरगाह लगायतका पूर्वाधार सुधारको लागि आर्थिक मद्दत गर्ने गरेको छ । जसका कारण चीनले आफ्नो प्रभाव विश्वका कयौं देशमा बढाउन सफल भएको र यसलाई काउन्टर दिनका लागि बी३डब्लूको अवधारणालाई अघि बढाउने सहमति भयो । 

उक्त सहमतिप्रति आपत्ति जनाउँदै चीनले सानो समूहले सिंगो विश्‍वलाई शासन गर्न नसक्न‍े चेतावनी दिएको छ । चीनले भनेको छ, ” जी७ का नेताहरुको सानो समूहले विश्‍वको भविष्य निर्धाण गर्ने समय धेरै पुरानो भइसक्यो ।” 

लन्डनस्थित चिनियाँ दूतावासले भन्‍यो, “विश्वव्यापी निर्णय केही देशहरूको एक सानो समूहद्वारा निर्धारण गरिन्थे, त्यो समय धेरै पहिलेको हो ।” दूतावासले मुलुक सानो-ठूलो जेर भए पनि विश्‍वव्यापी मामिलामा समान हुने जनाएको छ । थप भनेको छ, “हामीलाई विश्वास छ कि कुनै पनि मुलुक सानो अथवा ठूलो, गरिब अथवा धनी जे भए पनि विश्‍वव्यापी मामिलामा समान हुन्छ र समान व्यवहार गरिनुपर्छ ।” 

बाइडेनले जी७ ले अघि सारेको योजनाले विश्वका विकासोन्मुख राष्ट्रहरुलाई ठूलो सहायता पुग्‍ने र चार सय खर्ब अमेरिकी डलरले पूर्वाधारको खाडल संकुचित गर्न मद्दत पुग्‍ने बताएका छन् ।  – बीबीसी

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  २ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।