Logo

उज्वल थापाको उपचारका लागि उठेको रकम केमा खर्च होला ?



विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको उपचारका लागि उठेको रकम कोभिड–१९ प्रतिकार्यमा लगाइने परिवारले जनाएको छ ।

उज्वलको उपचारको लागि उनका साथी तथा शुभेच्छुकहरूको पहलमा संसारभरबाट उठेको सहयोग रकमको पारदर्शीता प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने र बाँकी रहेको रकमलाई मूलतः कोभिड–१९ को प्रतिकार्यमा प्रयोग गरिने परिवारले जनाएको हो ।

उज्वलको उपचारका लागि संसारभरीबाट करिब ५० लाख रुपैयाँ सहयोग रकम उठेको थियो ।

थापाको उपचारकै क्रममा यही जेठ १८ गते ४४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।