Logo

खाँदबारीमा आगलागी हुदा विभिन्न धनमाल जलेर नष्ट  



संखुवासभा : खाँदबारी नगरपालिका-१० सिरिसे बस्ने छत्र कुमार थापाको कच्ची घरमा शनिबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सरोज कुबेर राई लगायत उनको परिवार बस्दै आएको उक्त घरमा केटाकेटीले खेल्ने क्रममा परालबाट आगो सल्किदा आगलागी भएको बताइएको छ ।   

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।