Logo

पानी तताउने मेशिन पड्किँदा एक जनाको मृत्यु 



बाँके : कोहलपुर नगरपालिका-१४ स्थित गणपती प्लाईबोर्ड कम्पनीमा पानी तताउने मेशिन पड्किँदा सोही कम्पनीमा काम गर्ने बर्दिया बरबर्दिया नगरपालिका-९ बस्ने ३५ वर्षीय खुशिराम थारुको आइतबार बिहान मृत्यु भएको छ ।  

मेशिन पट्किँदा उक्त कम्पनीको करिब ७० लाख रुपैयाँ बराबरको धनमाल समेत क्षति भएको छ । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।