Logo

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्रीकाे चेतावनी : प्रदेश संरचना फेल भए नेपाल नै फेल हुन्छ



मुलुक फेरि राजनीतिक संक्रमणकालमा गुज्रिजरहेका बेला एउटा आवाज पनि उठ्न थालेकाे छ-प्रदेश सरकारकाे काम छैन, घाँडाे भए। प्रधानमन्त्री केपी ओली निकट एमाले नेत्रृ निरु पालले त प्रदेश संरचना खारेज गरिदिन प्रधानमन्त्रीसँग आग्रहसमेत गरिसकेकी छन्। 

सांसदहरुले पनि प्रदेश सरकारकाे काम, कारबाही र ‌‌औचित्यमा प्रश्न गर्दै आएका छन्।  यस्ताे बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए नेपाल नै असफल हुने चेतावनी दिएका छन्।

प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा भट्टले प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली अर्थात् अहिलेको व्यवस्था नै असफल हुने बताए।

उनले भने, ‘प्रदेश संरचना फेल भयो भने नेपाल नै फेल हुन्छ। हाम्रो अहिलेको व्यवस्था फेल हुन्छ त्यसपछि हामी सबै फेल हुन्छौं।त्यसैले यो प्रणालीलाई जोगाउनुपर्छ। कसैलाई कोही मुख्यमन्त्री मन नपर्न सक्छ। त्यो अलग कुरा हो। तर समग्रमा अहिलेको प्रणाली जोगाउने नै मुख्य कुरा हो।’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार  ६ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।