Logo

सूचना/प्रविधि

दीगो स्वर्ण उत्सव– हरेक खरिदमा चार तोलासम्म सुन



दीगोले दीगोे ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । दीगोको यो उत्सव अनुसार  ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने व्यवस्था गरेको छ । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् । 

यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ पनि लिन पाउने छन् । दीगोेले नेपाली बजारमा दीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुनेछ । 

दीगोे इ८ ह्याचब्याक कार हो । यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ । 

डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ । 

त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । ९० लाख रुपैयाँ मूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ ।

त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ ।  १ करोड २६ लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकता अनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ । 

चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दीगोे कम्पनीका सिइओ हेमन्त पुरानिकले भन्नुभयो, ‘यो बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर हो । ग्राहकले एकातिर सवारी साधनमा धेरै आकर्षक अफर पाइरहनुभएको छ भने त्यही समयमा उहाँहरुले विद्युतीय बाहनको जबरदस्त, लाभ पाउनुहुन्छ । यो अफरमार्फत हामी पर्वको उमंग र खुसियाली ल्याउन चाहन्छौं । आशा गरौं चाँडै नै सबै ठिक हुनेछ र आवश्यक सबै सावधानी अपनाएर पर्व मनाउनेछौं । हामी सबैजनालाई सुस्वास्थ्य र समृद्धिसहित ज्यादै सुखद र सुरक्षित दसैंको कामना गर्दछौं ।’ 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।