Logo

समाचार

अमेरिकी पत्रकारले पुटिनलाई सोधे – के तपाईँ हत्यारा हो ?



रूसी राष्ट्रपति व्लादिमीर पुटिनले अमेरिकी टिभी च्यानल एनबीसी न्यूजको एक साक्षात्कारमा भनेका थिए-अमेरिका र रूसबीचको सम्बन्ध सबैभन्दा खराब स्थितिमा छ।

जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति व्लादिमीर पुटिनबीच भेटघाट हुँदै थियो। एनबसी न्यूजले उनीहरूबीचको भेट अघि नै साक्षात्कार सम्प्रेषण गरेको थियो।

अमेरिकी पत्रकारले पुटिनलाई सोधे, के तपाइँ एक हत्यारा हो? पुटिनले प्रश्नको जवाफ टाल्दै आफूमाथि यस प्रकारको हमला हुने गरेको बताए।

पुटिनले अमेरिकाका वर्तमान र पूर्वराष्ट्रपति बीच तुलना पनि गरे।

केही महिना अघि जो बाइडनसँग सोधिएको थियो, ‘के तपाईँ पुटिनलाई एक हत्यारा मान्नुहुन्छ ?’ उनले हिच्किचाउँदै संक्षिप्त जवाफ दिएका थिए।  एबीसीका कार्यक्रम सञ्चालक जर्ज स्टेफनापोलसको प्रश्नको जवाफमा उनले भनेका थिए,‘हो म यो मान्छु ।’

रुसले अमेरिका राष्ट्रपतिको भनाइप्रति कडा प्रतिक्रिया दिँदै अमेरिका र रूसका राजदूतलाई फिर्ता बोलाएको थियो। बिबिसी

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ०८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।