नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनेभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कतिपय जिल्लामा वडास्तरीय रुपमै पहिराको जोखिम पहिचान गरी क्षति न्यूनीकरणका तयारी थालिएको छ । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको र स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा आवश्यक तयारी थालिसकिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल गत सालको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको बताउछन् । “विगतमा बाढीको पूर्वतयारी राम्रो भए पनि पहिराको पूर्वतयारी प्रभावकारी नभएको पाइयो, चाहिने स्रोतसाधन जिल्लामा पुगेको पाइएन”, पोखरेलले भने, “अब त्यसलाई विशेष ध्यान दिएर तयारीका काम थालेका छौँ ।” बाढीमा जसरी पूर्वसूचना प्रणाली छ, अहिले पहिरोका लागि पनि पूर्वसूचना प्रणाली नमूनाका रुपमा नौ जिल्लामा लागू गर्न लागिएको उनले बताए।















प्रतिक्रिया