सुनसरी : बराहक्षेत्र नगरपालिका-५ ठिकी टोल बस्ने भरत अधिकारीकी छोरी १८ महिनाकी आश्मा अधिकारीको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ । आफ्नै घर छेउमा रहेको ट्युबेल (कल) नजिक राखिएको बाल्टिनको पानीमा खेल्ने क्रममा डुबी बेहोस भएकी उनको स्थानीय केयर फष्ट पोलिक्लिनिक कालाबञ्जर हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सुनसरी, ईनरुवा नगरपालिका-७ बस्ने प्रदिप दनुवारकी छोरी २ वर्षीया प्रसंसा दनुवारको नहरमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । घर अगाडि रहेको नहरमा डुबेर अशक्त भएकी उनको बिराट मेडिकल कलेज टंकी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया