Logo

पहिरोका कारण सडक अवरोध  



दार्चुला : मार्मा गाउँपालिका-३ पैराडस्थित गोकुलेश्वर-लटिनाथ सडकमा आइतबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

त्यसैगरी, बाजुरा बुढीगंगा नगरपालिका-६ बार्जुगाड खोला नजिक साफें-मार्तडी सडकमा आइतबार राति ढुङ्गा, माटो, बालुवा सहितको पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बार्जुगाड र अस्थाई प्रहरी प्रोष्ट बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।