जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।
प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कूल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन् । यसका साथै उनले वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगदमा मौज्दात रु ६ अर्ब २५ करोड गरी जम्मा ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार बेहोर्दा रु १ अर्ब न्यून हुने देखिएको मन्त्री यादवले उल्लेख गरे। सो न्यून रकम पूर्तिका लागि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने उनले बताए।
बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए । उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको बताएका छन् । यस्तै स्थानीय तहका लागि ३ अर्ब १६ करोड ५० लाख छुट्याइएको मन्त्री यादवले बताए ।

















प्रतिक्रिया