Logo

बाढीपहिराे बढेपछि सरकारलाई कांग्रेस नेतृ डा राणाकाे यस्ताे आग्रह



नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले बाढीपहिराेकाे प्रतिकार्यमा जुट्न सरकारलाई आग्रह गरेकी छन्।

देशभर भारी वर्षा हुँदा बाढीपहिराेका घटना बढेसँगै राणाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे आग्रह गरेकी हुन्। 

‘..आगामी केही दिनमा पनि सो क्रम (वर्षा) जारी रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षातका कारण धेरै ठाउँहरुमा बाढी, पहिरो, कटान र डुबान जस्ता प्राकृतिक प्रकोपहरु घटी रहेको र सो क्रम फेरि पनि दोहोरिन सक्ने उच्च सम्भावना रहेकोले गर्दा सबै सुरक्षित रहन आग्रह गर्दै  नेपाल सरकारलाई विपद पूर्व र विपद पश्चातको तयारीमा जुट्न ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले लेखेकी छन्।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।