देशभर अबिरल वर्षासँगे बाढीपहिरोका घटना बढेका छन्।मनसुन प्रवेश भएको पाँच दिनमा दुई दर्जन जिल्लामा बाढीपहिरोका घटना भएको गृह मन्त्रालयले जनाएको छ।
अविरल वर्षासँगैको बाढीपहिरोमा परी १० जनाभन्दा धेरै बेपत्ता भएका छन्। बाढीका कारण मनाङ, लमजुङ र सिन्धुपाल्चोकमा क्षति भएको छ। सिन्धुपाल्चोकको हेलम्बु हुँदै आएको बाढीले इन्द्रावती करिडोरमा ठूलो क्षति पु-याएको छ।
मंगलबारको बाढीले ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको छ। कयौैं व्यक्ति हताहती भएको आँकलन गरिए पनि पुष्टि हुन सकेको छैन।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म बढी प्रभावित भएको हो।
तस्बिर सामाजिक सञ्जालबाट






















प्रतिक्रिया