काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको क्याम बाढीले बगाएपछि अलपत्र परेका ४७ जनालाई नेपाली सेनाले उद्दार गरेको छ ।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएको थियो । हेलम्बु गाउँपालिका -१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारी बाढीमा फसेका थिए ।
७० जना मध्यै अझै पनि २३ जना सम्पर्कबिहीन छन् । बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगे पनि हालसम्म सुरुङ भने सुरक्षित रहेको बताइएको छ ।
मेलम्चीमा आएको बाढीले हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् । चनौटे, तिम्बु तारामाराङ तथा मेलम्ची बजारमा बाढी पसेको छ । बाढीले दर्जनौं पुलहरु बगाएको छ ।

















प्रतिक्रिया