निरन्तरको वर्षापछि उर्लिएको मर्स्याङ्दी नदीले मनाङको नासो गाउँपालिकाको कार्यालय बगाएको छ । नासोँ गाउँपालिका–३ धारापानीमा रहेको गाउँपालिका कार्यालय, प्रहरी चौकी, प्रभु बैंकको कार्यालय, प्राइम बैंको कार्यालय, केही घर र होटलहरू बगाएर बगरमा परिणत गरिदिएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले धारापानी क्षेत्रमा २ वटा झोलुंगे पुलसमेत बगेका छन् ।
प्रजिअ लामिछानेका अनुसार ताल गाउँका करिब ५० घर डुबानमा परेका छन् । मनाङमा अहिले एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । सदरमुकाम चामेमा विस्थापित भएकाहरूलाई जिल्ला कारागारको नयाँ भवनमा राखिएको छ ।
प्रतिक्रिया