काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई लामो समयदेखि कोरोना भएको आशंका गरिएको छ । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी दुई दिनअघि काठमाडौंको नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।
उनको उपचारमा संलग्न चिकित्सक उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवका अनुसार उनको फोक्सोमा पानी जमेको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी भएको थियो ।
उनको अवस्था सामान्य रहे पनि भारत गएर उपचार गर्न चाहेकाले रेफर गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा रहँदा खनाललाई एक पिन्ट रगतसमेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । उनले खनालमा लङ् कोभिडको आशंका गरिएको बताए ।
प्रतिक्रिया