Logo

समाचार

काेराेनाबाट अतिप्रभावित १० देश, कहाँ कतिले ज्यान गुमाए ?



 जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

अमेरिका कुल संक्रमित तीन करोड ३४ लाख ८६ हजार ९२५ रहेकाे छ भने ६ लाख २८७ काे ज्यान गइसकेकाे छ।

दाेस्राे नम्बरमा रहेकाे भारतमा कुल संक्रमितसंख्या दुई करोड ९६ लाख ३३ हजार १०५ पुग्दा तीन लाख ७९ हजार ५७३ ले ज्यान गुमाएका छन्।

यसैगरी ब्राजिल एक करोड ७५ लाख ३३ हजार २२१ मा काेराेना संक्रमण भइसकेकाे छ। त्यहाँ चार लाख ९० हजार ६९६ ले ज्यान गुमाएका छन्।

फ्रान्समा ५८ लाख ६ हजार ४१८ मा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ। फ्रान्समा एक लाख १० हजार ६९२ ले ज्यान गुमाइसकेका छन्।

काेराेनाबाट प्रभावित अर्काे देश हाे टर्की। त्यहाँ ५३ लाख ४२ हजार २८ मा काेराेना संक्रमण हुँदा ४८ हजार ८७९ काे ज्यान गइसकेकाे छ।

रुसमा हालसम्म ५१ लाख ८९ हजार २६० मा काेराेना पुष्टि भएकाे छ भने एक लाख २५ हजार ४४३ ले ज्यान गुमाएका छन्।

बेलायतमा ४५ लाख ९६ हजार ९९४ मा काेराेना संक्रमण भइसक्दा एक लाख २८ हजार १८१ ले ज्यान गुमाएका छन्।

यसैगरी, इटालीमा हालसम्म ४२ लाख ४७ हजार ३२ मा काेराेना भाइरसकाे संक्रमण पुष्टि भइसकेकाे छ। तीमध्ये एक लाख २७ हजार १०१ काे ज्यान गइसकेकाे छ।

अर्जेन्टिना ४१ लाख ७२ हजार ७४२ मा काेराेना संक्रमण देखिँदा ८६ हजार ६१५ काे ज्यान गइसकेकाे छ।

कोलम्बिया ३८ लाख २ हजार ५२ मा काेराेना संक्रमण भएकाे र ९६ हजार ९६५ काे ज्यान गएकाे विवरणमा उल्लेख छ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ८ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।